स्थानीय निर्वाचनको तयारीबारे आयोगले आज दलहरुसँग छलफल गर्दै

संवाददाता
२७ फाल्गुन २०७८, शुक्रबार ०८:३०

काठमाडौं \ निर्वाचन आयोगले स्थानीय निर्वाचनको तयारी र प्रगतिबारे आज राजनीतिक दलहरुसँग छलफल गर्दैछ ।

आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई शुक्रबार बिहान साढे ११ बजे छलफलका लागि बोलाइएको हो । आयोगले प्रत्येक राजनीतिक दललाई नेतासहित दुई जना प्रतिनिधि पठाउन भनेको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफलका लागि राजनीतिक दललाई बोलाइएको हो । आयोगले छलफलका क्रममा हालसम्मको कार्यप्रगति जानकारी गराउने छ भने आवश्यक रायसुझाव पनि लिनेछ ।

आयोगमा स्थानीय तह निर्वाचनका लागि ८० राजनीतिक दलले दर्ताका लागि निवेदन दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*