बसपार्कको ढाटमा दस्तुर नउठाउन अन्तरिम आदेश

खबरबाकस \ हेटौंडा बसपार्क र राममन्दिर रोडमा ढाट राखेर दस्तुर उठाइरहेको विरुद्ध निवेदन परेपछि विहीबार उच्च अदालत पाटन हेटौंडा इजलासले उक्त कार्य रोक्न अन्तरिम आदेश जारी गरेको छ ।
हेटौंडा उपमहानगरले ठेक्का प्रणालीमा ढाट स्थापना गरि दस्तुर उठाउदै आएको थियो । उर्मिला न्यौपानेले निवदेन दर्ता पछि बहस सुरु गरिएको थियो ।
बहसमा निवेदकको तर्फबाट अधिवक्ता ईश्वरराज ढकाल र विपक्षीहरु शक्ति ईन्फ्रा डेभलपर्स प्रा.लिको तर्फबाट अधिवक्ता मदनकुमार दाहाल, हेटौंडा उपमहानगरको तर्फबाट अधिवक्ता मुकुन्द प्रसाद अधिकारी र सडक विभाग कार्यालय हेटौंडाको तर्फबाट उपन्यायधिवक्ता मनोज प्रसाद गुप्ताले बहस गरेका थिए ।
दस्तुर उठाउने प्रयोजनको लागि वैकल्पिक मार्गबाट सवारी साधनलाई जान गराउने कार्य नगर्नु /नगराउनु भनी विपक्षीको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) बमोजिम अन्तरिम आदेश जारी गरिएको छ । न्यायाधिश नागेन्द्र लाल कर्ण र न्यायाधीश निर्मला शाक्यको संयुक्त इजलासले उक्त आन्तरिम आदेश दिइएको हो ।
निवेदकले राष्ट्रिय राजमार्गमा यसरी दस्तुर उठाउन नहुने र उठाउनकै लागि बाध्य भइ तोकिएकै मार्ग आवातजावत गरिनुपर्ने बाध्यता रहेको भन्दै निवेदन दिएकी थिइन् ।