नेता बानियाँद्वारा ६० विद्यार्थीलाई पोशाक वितरण

संवाददाता
२६ फाल्गुन २०७८, बिहीबार १३:४२

हेटौंडा \ नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको सहयोगमा मकवानपुरगढी ३ मा रहेको कालीदेवि प्राविका १ देखि ५ कक्षासम्म अध्ययनरत ६० जना विद्यार्थीलाई विहिबार पोशाक वितरण गरिएको छ ।

कालिदेवि प्राविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय थिङको सभाध्यक्षता एवं नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको प्रमूख आतिथ्यतामा विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको हो ।

नेता बानियाँले यसअघि पनि विभिन्न स्थानका विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई न्यानो कपडा तथा पोशाक वितरण गर्नुभएको थियो । पोशाक वितरण कार्यक्रममा समाजसेवी शंकर न्यौपाने, विद्यालय प्रधानाध्यापक विष्णु खड्का, नेता बानियाँको स्वकिय सचिव मिलन पुडासैनीलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*