युएसएआइडीद्धारा निर्मित जनता मावि गाउँपालिकालाई हस्तान्तरण

संवाददाता
२६ फाल्गुन २०७८, बिहीबार १३:२७

 खबरबाकस \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ मा रहेको नवनिर्मित जनता माध्यामिक विद्यालयको भवन गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । भुकम्प पश्चात युएसएआइडीको नेपाल सामूदायिक पुनर्निर्माण कार्यक्रम अन्तरगत निर्मित विद्यालय बुधबार एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष विदुर हुमागाइको अध्यक्षता तथा युएसएआइडीका प्रतिनिधि डेविड म्यानको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो । अध्यक्ष हुमागाई, डेविड म्यान, उपाध्यक्ष हर्कमाया रुम्बा, विद्यालय समितिका अध्यक्ष प्रतिमान रुम्बाले संयुक्त रुपमा रिवन काटेर विद्यालयको उद्घाटन गरिएको थियो ।

युएसएआइडीले १५ लाख अमेरिकन डलर सहयोगमा दुई तलाको २१ कोठे भवन निर्माण पश्चात गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । भवन मात्रै नभइ विद्यालय परिसरका पक्की पर्खाल देखी, १८ वटा कम्प्युटर सहित ल्याब, विज्ञान प्रयोगशाला २ वटा, पुस्तकालय एक वटा पनि निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक होमबहादुर नेपालीले बताए ।

May be an image of 6 people, people standing, outdoors and text that says 'इडीको नेपाल विद्यालर USAID n S वआयात'

सुविधा सम्पन्न, बालमैत्री र भुकम्प प्रतिरोधी निर्मित भवन २०७५ जेठ महिनाबाट निर्माणकार्य सुरु गरिएको थियो । इसिडी देखी कक्षा ११ सम्म अध्ययन हुने उक्त विद्यालयमा दरवन्दीका १४ जना र निजीबाट ४ जना गरि १८ जना शिक्षकशिक्षिकाबाट अध्यापन गराइदै आइरहेको प्रअ नेपालीले बताए । हाल विद्यालयमा ४३३ जना विद्यार्थी अध्यननरत छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*