संखुवासभा दुर्घटना : मृत्यु हुनेको संख्या १४ पुग्यो

संवाददाता
२६ फाल्गुन २०७८, बिहीबार १०:३४

सङ्खुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । बिहीबार बिहान मादी नगरपालिका–६ को पुलुड्ड स्थित सात घुम्तीमा दुर्घटना दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको हो ।

ना ४ ख ७३५ नम्बरको बस सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको संखुवासभा प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । ​ अहिलेसम्म दुर्घटनामा मृत्यु भएका १४ जनाको शव निकालिएको डिएसपी सुवेदीले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान भने भएको छैन । दुर्घटनामा पाँच जनाको जिवितै उद्धार गरिएको छ ।

स्थानीयका अनुसार बसमा करिब १९ देखि २१ जना यात्रु थिए । बस सडकबाट करिब तीन सय मिटर तल खसेको जनाइएको छ । दुर्घटनामा कति जनाको ज्यान गयो भन्ने विवरण सङ्कलन भइरहेको उनले जानकारी दिए । घाइतेहरुको चैनपुर अस्पतालमा उपचार भइरहेको छ । क्षतिको यकिन विवरण  आइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुवेदीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*