गाउँपालिकाद्धारा महिला व्यवसायीलाई सम्मान

संवाददाता
२५ फाल्गुन २०७८, बुधबार १७:४१

 खबरबाकस \ मकवानपुरगढी गाउँपालिकाले ८ जना उत्कृष्ट व्यवसायी महिलालाई सम्मान गरेको छ । महिलाको नाममा व्यवसाय दर्ता गरि आर्थिक उपार्जनमा लागेका ८ जना महिलालाई ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सम्मान गरिएको छ ।

मंगलबार गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा भएको ¥याली, दोहोरी गीत प्रतियोगिता, सम्मान तथा अन्तरक्रिया कार्यक्रममा प्रत्येक वडाका एक जनालाई सम्मान गरिएको महिला तथा बालबालिका शाखाका प्रमुख मन्दिरा थापाले बताइन् ।

सम्मानित हुनेमा वडा नम्बर १ की सरिता अधिकारी, वडा नम्बर २ की ज्ञानु क्यापसाई (मगर), वडा नम्बर ३ की लक्ष्मी लम्साल, वडा नम्बर ४ की सुमित्रा लामिछाने, वडा नम्बर ५ की सावित्रा फुयाँल, वडा नम्बर ६ की कमला गौतम, वडा नम्बर ७ की फुलमाया रुम्बा, वडा नम्बर ८ की ज्योतीमाया रुम्बा रहेकी प्रमुख थापाले बताइन् । सोही कार्यक्रममा २०५२ साल देखी महिला तथा बालबालिका क्षेत्रमा काम गरिरहनुभएका शाखा प्रमुख मन्दिरा थापालाई पनि सम्मान गरिएको थियो ।

May be an image of 3 people, people standing and outdoors

वडा नम्बर २ मा रहेको बंशगोपाल माविका भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनीको प्रमुख अतिथ्यता तथा उपाध्यक्ष हर्कमाया रुम्बाको अध्यक्षता रहेको थियो । कार्यक्रममा गाउँपालिका भित्र रहेका महिला सहकारी संस्थाहरुले ¥याली निकालेर सभामा परिणत भएका थिए । पञ्चेबाजाको साथमा महिला सम्बन्धी नाराहरु लगाउदैं कार्यक्रमको सुरुवात गरिएको थियो ।

May be an image of 14 people and people standing

कार्यक्रममा तीन वटा समूहले महिला हिंसा र बाल मैत्री सम्बन्धी दोहोरी गीत प्रस्तुत गरेका थिए भने बाल विवाह सम्बन्धी सचेतनामूलक सडक नाटक समेत देखाइएको थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई, वडा अध्यक्षहरु आइत सिं लो, बखान सिं पाख्रीन, भागवत घिमिरे, जीत बहादुर घिमिरे, कार्यपालिकाका सदस्य, प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*