हेटौंडा लेडी जेसीसद्धारा महिला दिवसमा सुत्केरीलाई फलफुल वितरण

खबरबाकस \ हेटौंडा अस्पतालमा रहेका सुत्केरी आमाहरुलाई मंगलबार फलफुल वितरण गरिएको छ ।
हेटौंडा लेडि जेसीसको आयोजनामा ११२ औं अन्तरर्राष्ट्रिय महिला दिवसको अवसरमा पारेर हेटौंडा अस्पतालमा रहेका सुत्केरी महिलाहरुलाई फलफुल वितरण गरिएको हो ।
अस्पताल व्यवस्थापनका अध्यक्ष राजेश प्रसाईको प्रमुख अतिथ्यता तथा लेडि जेसीसका अध्यक्ष कविता पौडेललको अध्यक्षतामा कार्यक्रम भएको थियो । अस्पतालमा २० जना सुत्केरी महिलालाई फलफुल वितरण गरिएको कार्यक्रम संयोजक इन्दिरा बानियाँले बताइन् ।
कार्यक्रममा निवर्तमान अध्यक्ष प्रतिमा श्रेष्ठ, पुर्व अध्यक्षहरु सुशीला पौडेल, रश्मि बस्नेत, मातृ शाखाका कार्यकारणी उपाध्यक्ष शीव श्रेष्ठ लगायत जेसीसका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।