बलात्कार गरेको कसुरमा सांसद मोहन बानियाँ निलम्बित

संवाददाता
२२ फाल्गुन २०७८, आईतवार १६:१२

काठमाडौं \  नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित भएका छन् ।

मुगुकी एक महिलालाई बलात्कार गरेको कसुरमा प्रहरीको नियन्त्रणमा रहेका एमाले बानियाँ निलम्बित भएका हुन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बित भएको जानकारी गराउनुभयो ।

बैठकमा सभामुख सापकोटाले बलात्कारको अभियोगमा पक्राउ परेका सांसद बानियाँको बाँके जिल्ला प्रहरी कार्यालयले पठाएको पत्र पनि पढेर सुनाउनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*