नेपाली काँग्रेस चितवनको सभापतिका लागि दोस्रो चरणको मतदान आज

संवाददाता
२१ फाल्गुन २०७८, शनिबार १३:१७

चितवन/नेपाली काँग्रेस जिल्ला कार्यसमिति सभापतिका लागि आज पुनः मतदान हुने भएको छ । शुक्रबार सम्पन्न पहिलो चरणको निर्वाचनमा कुनै उम्मेद्वारको पनि ५१ प्रतिशत नपुगेपछि आज शनिवार दिउँसो दोस्रो चरणको मतदान हुने भएको हो । पहिलो चरणको निर्वाचनमा सर्वाधिक मत प्राप्त गरेका राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठविच दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा हुनेछ ।

सभापति पदका ५ प्रतिस्पर्धी मध्ये पहिलो चरणमा राजेश्वर खनालले सर्वाधिक ७४६ मत प्राप्त गरेका छन् । यस्तै मिलनबाबु श्रेष्ठले ६६२ मत, उत्तम जोशीले ४७३ मत,कैलाश कोइरालाले ४१२ मत र डा.सूर्यकान्त घिमिरेले ४२६ मत प्राप्त गरेका छन् । १०१ मत बदर भएको छ । दोस्रो चरणको मतदान शनिवार १२ः३० बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*