हेटौंडामा एप्पल ब्राण्डका सामानको शोरुम सञ्चालनमा

संवाददाता
२१ फाल्गुन २०७८, शनिबार ०९:१९

हेटौंडा \ हेटौंडामा एप्पल ब्राण्ड, डेल, एचपी लगायतको अन्य ब्राण्डका सामानको शोरुमको सञ्चालन भएको छ । शुक्रबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरि शोरुमको सञ्चालन गरिएको हो ।

मोवाईल एशोसिएसन अफ नेपाल मकवानपुरका अध्यक्ष दिनेश लामा, मोवाईल वितरक संघ मकवानपुरका संयोजक रोहिणी प्रसाद गौतम, एशोसिएसनका पदाधिकारी तथा मोवाईल व्यवसायीहरुको उपस्थितीमा शोरुम सञ्चानलको सुरुवात गरिएको हो ।

हेटौंडा ४ स्कुलरोड समाचार केन्द्रको नजिक एमएमएस मोवाईल सोलुसनले डेल, एप्पल, एचपी लगायत अन्य ब्राण्डका सामानहरुको विक्री वितरण गरिने सञ्चालक मिलन स्याङ्तानले बताए । कम्प्युटर, ल्यापटप देखी मोवाईल र अन्य इलेक्ट्रोनिक सामानहरु विक्री गरिने उनले बताएका छन् ।

No description available.

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*