सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरको सचेतना कार्यक्रम

हेटौंडा \ सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरले यौनजन्य दुव्र्यवहार सम्बन्धि सचेतना एवं स्वास्थ्य सामाग्री वितरण गरेको छ।केन्द्रले शुक्रबार हेटौंडा–१४ मयुरधापमा रहेको जनज्योति माध्यमिक विद्यालयमा यौनजन्य दुर्व्यवहार सम्बन्धी सचेतना एवं स्वास्थ्य सामाग्री वितरण गरेको हो।
केन्द्रका अध्यक्ष राम बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा १४ का वडा अध्यक्ष दिपक खड्काको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रमको आयोजन गरेको हो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक चुडा कुमारी खड्काले यौनजन्य दुव्र्यवहारका विभिन्न पक्षमा प्रकाश पार्दै सहजीकरण गरेकी थिइन् ।सभाका अध्यक्ष बिष्टले बालिकाहरू यौनजन्य दुव्र्यवहार गर्ने विरूद्व खरो रूपमा प्रतिकार गर्दै अघि बढनु पर्ने बताएका छन्।
कार्यक्रममा उपस्थित बालिकाहरूलाई प्रहरी निरीक्षक खड्काले सेनिट्यारी प्याड वितरण गर्दै विद्यालयलाई सेनिट्यारी प्याड, माक्स, सेनिटाइजर, ग्लोब्स तथा एक थान डिसपेन्सर हस्तान्तरण गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर एवं ईलाका प्रहरी कार्यालय पशुपतिनगरको सहकार्यमा गरिएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र ढुङ्गाना, विद्यालयका प्रधानाध्यापक भोगेन्द्र लुईटेल,ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी सहायक निरीक्षक उदिम बहादुर हायु, सेवाको लागि युवा हेटौंडाका टिम लिडर विवश सुवेदी, केन्द्रका सचिव रमिला सापकोटा, कोषाध्यक्ष राम प्रसाद कोइराला, सचिवालय सदस्य अच्युतराज मिश्र, नबराज कोइराला, प्रज लिला गुरौ लगाएतको उपस्थिति रहेको थियो ।