नेवाः देय् दबुको बागमती प्रदेश अधिवेशन हेटौंडामा हुने

संवाददाता
२० फाल्गुन २०७८, शुक्रबार १७:२२

 खबरबाकस \ नेवाः देय् दबुको पहिलो बागमती प्रदेश अधिवेशन फागुन २८ गते हेटौंडामा हुने भएको छ । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी प्रदेश अधिवेशन आयोजक समितिका संयोजक विष्णुगोपाल महर्जनले अधिवेशनबारे जानकारी दिएका थिए ।

प्रदेश अधिवेशनमा काठमाडौं उपत्यकाका बाहेक मकवानपुरसहित प्रदेशका १० जिल्लाबाट १ सय ८८ जना प्रतिनिधि सहभागी हुने महर्जनले बताए । अधिवेसनले आउँदो तीन वर्षका लागि नयाँ कार्यसमिति चयन हुने जनाइएको छ ।

अधिवेसनको दिन साँस्कृतिक झाँकीसहितको प्रभातफेरी निकालेर प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको उपस्थिती रहने जनाइएको छ ।

देशभर संगठन ६२ वटा जिल्लामा विस्तार भइसकेकाले सातौं राष्ट्रिय नेवाः देय दबुको महाधिवेशन भने चैत १४ र १५ गते धरानमा हुने तय भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*