मानव अधिकार रक्षक सम्बन्धी दुई दिने प्रादेशिक सम्मेलन सुरु

मानव अधिकारको हनन परिवार भित्र अझै छ: मुख्यमन्त्री पाण्डे
श्रीराम अर्जुन
२० फाल्गुन २०७८, शुक्रबार १२:०३

खबरबाकस \  राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा मानव अधिकार रक्षक सम्बन्धी दुई दिने प्रादेशिक सम्मेलन हेटौंडामा सुरु भएको छ । सातवटै प्रदेशमा आज र भोली शनिबार एकै पटक सम्मेलन सुरु गरिएको हो ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले सम्मेलनको उद्घाटन गर्दै मानव अधिकार हनन अझै पनि परिवार भित्र रहिरहेको बताउनुभयो । जीवन र मर्यादाका कुरामा परिवार भित्र आजका दिन सम्म अधिकार हनन भइरहेको बताउनुभयो ।

उहाँले महिला र पूरुषबीच, खान पाउने र खान नपाउनेबीच र पानी चल्ने र नचल्नेबीच भइरहेको विभेद जबसम्म अन्त्य हुदैन तब सम्ममा नेपालमा मानव अधिकार हननको अन्त्य नहुने बताउनुभयो । नेपालमा पछिल्लो अवस्थामा मानव अधिकार रक्षकहरुले पदका दुरुपयोग गरेको त छैन् ? भन्दै प्रश्न गर्नुभएको थियो । उहाँले क्षकको नाममा पैसा कमाउने, धम्काउने जस्ता क्रियाकलाप भइरहेको अवस्था रहेकाले यसको अन्त्य हुनु आवश्यक रहेको बताउनुभयो ।

रक्षकको भुमिकालाई सम्मान गर्दै प्रदेश सरकारले शिक्षामा छोरीलाई छात्रवृतिको व्यवस्था रहनुका साथै दलित, सिमान्तकृत समूदायका एक स्थानीय तहका एक जना छात्रालाई तीन वर्ष सम्म प्राविधिक शिक्षा प्रदान गरिरहेको बताउनुभयो । छोरीलाई सीप र शिक्षा दिन सकियो भने पनि मानव अधिकार हननबाट सुरक्षित गराउन सकिने बताउनुभयो ।

मानव अधिकार आयोग बागमती प्रदेशका प्रमुख यज्ञ प्रसाद अधिकारीले पहिलो पटक देशको सात वटै प्रदेशमा प्रादेशिक सम्मेलन भएको बताउनुभयो । सम्मेलन पश्चात मानव अधिकार रक्षकका सुरक्षा, चुनौती, समस्याहरुलाई छलफल गरि एउटा घोषणापत्र तयार पारी सरकारलाई बुझाउने बताउनुभयो ।

No description available.

आयोगका सदस्य लिली थापाको अध्यक्षतामा सम्मेलनको सुरुवात गरिएको थियो । कार्यक्रममा प्रदेश सरकारका प्रमुख प्रदेश सचिव मुकुन्द प्रसाद निरौला, प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, गैसस महासंघ मकवानपुरका अध्यक्ष डा. कृष्णप्रसाद घिताल, आयोगका बागमती प्रदेशका प्रमुख यज्ञप्रसाद अधिकारी नेपाल बार एशोसिएसन उच्च अदालत बार ईकाइका सुशील पोखरेल, पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगरले मानव अधिकार रक्षकका अवस्था, चुनौती, समस्या र त्यसको समाधानका विषयमा आफ्ना भनाइ राख्नुभएको थियो ।

प्रादेशिक सम्मेलनमा १३ जिल्लाका ३० वटा भन्दा बढी मानव अधिकारका संघसंस्थाका प्रतिनिधि, पत्रकार महासंघका प्रतिनिधि गरि १३० जनाको सहभागिता रहेको छ ।

सम्मेलनमा प्रदेशस्तरमा मानव अधिकार रक्षकहरुको अवस्थाको बारेमा छलफल, अध्ययन, विश्लेषण गरिनुका साथै रक्षकहरुको भूमिका र जवाफदेहिताको अवस्था, समिक्षा र आगामी दिनमा रक्षकहरुको भूमिकालाई थप प्रभावकारी बनाउन सम्मेलनको आयोजना गरिएको आयोगले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*