पेट्रोल लिटरको १ सय ५० रुपैयाँ पुग्यो

संवाददाता
२० फाल्गुन २०७८, शुक्रबार ०७:०२

काठमाण्डौ \  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा प्रतिलिटर पाँच रुपैयाँले वृद्धि गरेको हो ।

मूल्य बढेसँगै काठमाण्डौ उपत्यकामा पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १५०, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ ।

यस्तै निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरेको छ ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*