यातायात क्षेत्रमा रहेको विकृतिलाई रोक्नुपर्छ: मन्त्री दाहाल

दोहोरो पञ्जीकरणको प्राबधान खारेजको माग
संवाददाता
१९ फाल्गुन २०७८, बिहीबार १५:५८

 खबरबाकस \ यातायातको क्षेत्रमा रहेको विभिन्न खाले विकृतिहरुलाई रोक्नुपर्ने बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले बताएका छन् । हेटौंडामा भएको सार्वजानिक यातायातको क्षेत्रमा गरिनुपर्ने सुधार विषयक अन्तरक्रियामा उनले यातायात क्षेत्रमा फैलिएको विकृतिहरुलाई अन्त्य गरिनुपर्ने बताएका हुन् ।

यातायात व्यवसायीहरुको साथ विना कुनै काम गर्न नसक्ने भन्दै उनले कार्यपत्रको विषयमा थप छलफल गरि कार्यान्वयन तर्फ आफु जाने बताए । मन्त्रालयले उपत्यकामा सार्वजानिक सवारी साधनमा क्यास लेसको लागि कार्यविधि तयार पारिएको बताए । उनले प्रदेशमा रहेका १० वटै यातायात व्यवस्था कार्यालयमा रहेका ढट्टालाई व्यवस्थित गरि डिजिटल प्रणालीमा लैजाने बताएका छन् ।

नारायणी अञ्चलका सवारी साधन अब वीरगञ्ज होइन कि हेटौंडा चितवनमा नै नवीकरण देखी अन्य सेवाहरु इतैबाट गर्न सकिने गरि आवश्यक छलफल भइरहेको बताउदैं मन्त्री दाहालले २० वर्ष माथीका ट्याक्सी हटाई विद्युतीय ट्याक्सी सञ्चालन गर्न ८÷१० वटा साना चार्जिङ स्टेशन निर्माण गरिने बताए ।

No description available.

कार्यक्रममा पुरानो नारायणी यातायात कम्पनीका प्रवन्धक निर्देशक सरोज कुमार खनालले कार्यपत्र प्रस्तुत गर्दै यातायातको क्षेत्रको जिडीपिमा १८ प्रतिशत योगदान पुगेको भन्दै नेपालमा ३६ लाख सवारी साधन गुडिरहेको बताए । पाँच लाख भन्दा बढी चालक सहचालक रोजगारी पाइरहेका अवस्थामा संशोधित यातायात निर्देशिका जारी गरेपछि यातायात व्यवसायीले प्यानभ्याटमा जानुपर्ने कम्पनी खडा गर्नेुपर्ने झन्झट थपिएको गुनासो पोखेका थिए । एउटै सवारी साधनले ६ थरिका कर लिने प्रणाली अन्त्य गरि सबैखाले कर एकद्धार प्रणालीबाट वार्षिक रुपमा एकमुष्ठ लिनुपर्ने माग गरेका थिए ।

उनले सडक दुर्घटना पश्चात तीव्र राजनितिकरण हुने, कमजोर बिमा व्यवस्थापन, सडक दुर्घटना र असिमित जोखिम, दुर्घटनाको जटिलता र कानुनको पालना, बिमा र सवारी कानुन, पञ्जीकरणको समस्या र दोहोरो पञ्जीकरणको प्राबधान खारेजको माग गरेका छन् । उनले सवारी नम्बरमा प्रादेशीकरण, साधनको सरुवा सहमति दर्ता, चालक सहचालक उत्पादनका लागि तालिमकेन्द्र र लाइसेनसको वर्गिकरण, विद्युतीय सवारी साधानको प्रयोग, बसपार्क तथा हाइवे भेहिकल पार्क, तौलपुलको अनिवार्यता हुनका साथै यातायात निर्देशनालय बनाउनुपर्ने माग राखेका छन् ।

कार्यक्रममा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद सुवेदी, यातायात मन्त्रालयका सचिव नेत्र प्रसाद सुवेदी, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव धनिराम शर्मा, बागमती प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरिक्षक ध्रुवराज राउत, प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरिक्षक सुशील सिं राठौंर, मकवानपुर प्रहरी प्रमुख सुरेन्द्र बहादुर गुरुङ, हेटौंडा उपमहानगर उपमेयर मिना कुमारी लामा, नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, नारायणी यातायात वयवसायी संघका पूर्व अध्यक्ष बद्री प्रसाद चौलागाई लगायतले सवारी साधनका क्षेत्रमा भएका चुनौती, समस्या र सुधारका पक्षमा आफ्ना भनाइ राखेका थिए । कार्यक्रम कम्पनीका अध्यक्ष हिरालाल श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*