म आएपछि दोब्बर राजस्व संकलन गरेको छु: प्रमुख पाण्डे

खबरबाकस \ गत वर्ष असोजमा मकवानपुर ट्राफिक प्रमुख भएका आएका प्रहरी निरिक्षक प्रकाश पाण्डेले आफु मकवानपुर आएपछि दोब्बर राजस्व संकलन गरिएको बताएका छन् ।
आफु आएको महिनामा अघि प्रतिमहिना ६ लाख ८० हजार राजस्व संकलन उठेको उनी बताउछन् । आफु आएपछि प्रतिमहिना २५ लाख ६० हजार देखी बढिमा ३२ लाख सम्म राजस्व संकलन गर्न सफल भएको बताए ।
गत वर्ष १ करोड २४ लाख भन्दा ७५ हजार राजस्व संकलन गरिएको बताउदैं पाण्डेले यस वर्ष हाल सम्म साढे २ करोड भन्दा माथी संकलन भइसकेको बताए ।
सवारी साधनको कारवाही र अन्य राजस्व गरी यति रकम संकलन भएको उनी बताउछन् । उनले आफु मकवानपुर आएपछि सवारी दुर्घटना कम भएको बताए । गएका वर्ष भन्दा यस वर्ष कम दुर्घटना भएको दावी समेत गरेका छन् ।