लामिछानेद्वारा निर्वाचित पदाधिकारीहरुको सम्मान एकै मत र मन भएर संगठनमा लाग्ने तीन नेताको प्रतिबद्धता

संवाददाता
१८ फाल्गुन २०७८, बुधबार १६:१५

हेटौंडा \  नेपाली काँग्रेस मकवानपुरका नेताहरुले अबको आफूहरुको लक्ष्य र गन्तव्य आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी गराउनुभएको बताएका छन् । काँग्रेसको जिल्ला सभापतिमा निर्वाचित बुद्ध लामा तथा सभापतिका उम्मेदवारद्वय आनन्दराम पराजुली र जयराम लामिछानेले हेटौँडामा बुधबार आयोजित कार्यक्रममा अबको गन्तव्य स्थानीय तहको निर्वाचन भएको भन्दै आफूहरु एकै मत र मन भएर संगठनमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
जिल्ला सभापतिका उम्मेदवार जयराम लामिछानेले जिल्ला समितिमा निर्वाचित पदाधिकारीहरुको सम्मानमा आयोजित कार्यक्रमा लामा, पराजुली र लामिछानेले आफूहरु एक भएर आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई विजयी बनाउन लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । जिल्ला सभापति लामाले पार्टीभित्रको सबै विचारको सम्मान गर्दै अगाडि बढ्ने बताउँदै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा सकिएको बताउनुभयो ।
सभापतिका प्रतिस्पर्धि पराजुलीले जिल्ला अधिवेशनका प्रतिनिधिहरुले सभापतिका सबै उम्मेदवारलाई समान हैसियत दिएको भन्दै सभापतिमा पराजित भएपनि आफ्नो क्रियाशीलतामा कमी नआउने बताउनुभयो । यस्तै सभापतिका अर्का उम्मेदवार लामिछानेले पार्टीभित्र विचार समुहमाथि निषेध गर्ने प्रवृत्ति बढेकोले त्यसलाई रोक्न आफू उम्मेदवार बनेको बताउँदै काँग्रेसलाई दुर्घटना हुनबाट बचाउन कार्यकर्तालाई हतोत्साहित र अपमानित गर्ने प्रवृत्तिको अन्त्य आवश्यक भएकोमा जोड दिनुभयो ।
अबको हाम्रो लक्ष्य र गन्तव्य आगामी स्थानीय तहको निर्वाचन हुनुपर्छ उहाँले भन्नुभयो आन्तरिक निर्वाचनमा प्रतिस्पर्धाm गरेपनि अब हामी एक भइसकेका छौ । कार्यक्रममा काँग्रेस मकवानपुरका पूर्व सभापतिद्वय माइकल रामचन्द्र अर्याल र रघुरमण न्यौपानेले पार्टीलाई एक बनाएर आगामी स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धाका लागि तयारी गर्नुपर्नेमा जोड दिनुभयो । नवनिर्वाचित जिल्ला उपसभापति आनन्द कठायतले पार्टीभित्रको निषेधको राजनीतिलाई वर्तमान कार्यसमितिले रोक्दै वैचारिक पार्टीको रुपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस्तै सहसचिव ताराचन्द्र बजगाईँले आफूले प्राप्त गरेको जिम्मेवारीलाई पार्टी संगठन सुदृढिकरणमा लगाउने बताउनुभयो । कार्यक्रममा जिल्ला सभापतिमा निर्वाचित लामा, उपसभापतिद्वय आनन्द कठायत र धर्मराज लामिछाने, सचिवद्वय भीमसेन महत र ईश्वरकुमार पाठक, सहसचिवद्वय ईन्दिरा न्यौपाने र ताराचन्द्र बजगाईँलाई सम्मान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*