हार्दा पनि जितको हाईहाइमा जयराम

खबरबाकस \ सोमबार नेपाली कांग्रेस मकवानपुरको नयाँ नेतृत्वको लागि मतदान सम्पन्न भयो । लामो समयदेखी कांग्रेस राजनितिमा लागेका तीन जना नेता बीच भएको कडा प्रतिस्पर्धामा सभापति पदका लागी तीन नेताहरुको जोडबल भयो ।
पहिलो संविधान सभा निर्वाचनमा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा कांग्रेसको तर्फबाट उम्मेदवार बनेका नेता जयराम लामिछानेलाई धेरैले कमजोर उम्मेदवार ठानेका थिए । उनले उत्तरी क्षेत्रमा कांग्रेसको बिजारोपणमा मुख्य भुमिका खेलेको भन्दै आफु विजयी हुने बताएका थिए । तर निर्वाचनको क्रममा झिनो मतान्तरबाट दोश्रो चरण प्रवेशमा नपरेका लामिछानेले निर्वाचन हार्दापनि हाईहाई पाईरहेकाछन्, कारण उनका शालिन्ता अनि सम्मानजनक प्राप्त मत ।
धेरैले जयराम प्रतिस्प्रर्धी होईनन भनेका थिए तर निर्वाचन मतपरिणामा उनले अन्य दुई उम्मेदवार सँगै प्रतिस्प्रर्धामा रहे । उनलाई १४ मतले धोका दियो सभापतिमा हाईहाई चर्चा कमाएका आनन्दराम पराजुलीसँग थोरै मतान्तरबाट दोश्रो चरण रेशका लागी बाहिरिएका लामिछानेले आफुलाई प्राप्त सम्मानजनक मतको सधै उच्च सम्मान रहने बताएकाछन् । पालुङ्ग चित्लाङ क्षेत्रमा जिरो भएको काग्रेसलाई हिरो बनाउन उल्लेख्य भुमिका खेलेका लामिछाने शक्तिशाली नेताको रुपमा उदाएको चर्चा सुरु भएको छ ।
प्राविधिक कारणले निर्वाचनमा हारेपनि मतदाताहरुको मन जित्न सफल भएको लामिछानेको तर्क छ । उनका सर्मथकले उनी सक्षम नेता रहेको बताउछन् । जिल्ला तह,प्रदेशतह देखी केन्द्रिय तहसम्मको पावरबाट आफुलाई पछाडी पार्न खोजेपनि मकवानपुरका काग्रेस कार्यकर्ताहरुले सद्भाव माया दिएर सफल बनाएको उनको तर्क छ । आन्तरिक प्रतिस्प्रर्धालाई ईष्याको रुपमा भन्दा पनि सिकाईको रुपमा राख्नुपर्ने बताउदै उनले अब काग्रेस स्थानीय निर्वाचनको तयारीमा लाग्नुपर्ने बताउछन् । उनले जिल्ला निर्वाचनमा दोश्रो चरणमा आफु पुग्ने र विजयी हासिल गर्ने आशा राखेका थिए ।
झिनो मतले रेशबाट बाहिरिएका उनले अब कांग्रेसलाई अझ बलियो बनाएर स्थानीय तथा संसदीय निर्वाचनमा जिताउन भुमिका खेल्ने बताउछन् । सिधाखबर सँग कुराकानी गर्दै उनले भनेका छन् मैले पहिलो चरणमा जित्छु भन्ने सोचेको थिए झिनो मतले दोश्रो चरणमा पर्न सकिन तेश्रो भएपनि सबै कांग्रेसको मन जितेको छु । आफुले सम्मानजनक मत ल्याएको बताउदै आफुले हारेको नभएर जितेको बताउछन् ।
हेटौंडा नगरमा कमजोर मानिएका लामिछानेले केहिमत हेटौडा नगरबाट प्राप्त गरेर आफ्नो क्षेत्रको सतप्रतिशत मत आफनो पक्षमा पार्दै विजयी हुने दाउमा थिए तर तीनजना उम्मेदवारलाई लगभग बराबरी मत आएपछि प्रायः धेरैले गरेको आकंलन फेल खाएको छ । उनलाई पुर्व सभापति माईकल रामचन्द्र अर्याल, रघुरमण न्यौपाने लगाएतका निर्माण व्यवसायी आवद्ध नेताहरुको साथ सर्मथन रहेको थियो ।
लामिछाने बलियो भएका कारण अरुहरु आत्तिएको बताउदै अहिले आफनै साथ सर्मथन खोज्न आएको उनको तर्क छ । निर्वाचनमा लामा र लामिछाने एउटै क्षेत्रको भएकाले पनि मतान्तरबाट झिनो मतान्तर देखिएको हो । जे होस मतको आधारमा पछाडी परेर हार व्यहोरका लामिछानेलाई सम्मानजनक मतले हारे पनि जितको हाईहाइ पाइरहेका छन् ।