मतगणना जारीः को बन्ला उपसभापति, सचिव र सहसचिव ?

खबरबाकस \ कांग्रेस मकवमानपुरको पदाधिकारी मतगणना जारी भइरहेको छ । उपसभापति २ पदका लागि ७ जनाले आफ्नो उम्मेदवारी दिएका थिए । उपसभापतिमा आनन्द कठायत, गोपीलाल विश्वकर्मा, चन्द्रबहादुर पौडेल, धर्मराज लामिछाने, भीम लामा, रमेश गिरी र रामबाबु बानियाँको उम्मेदवारी परेको थियो ।
विक र बानियाँ बुद्ध लामा प्यानलका हुन भने कठायत र लामिछाने जयराम लामिछाने प्यानलका उम्मेदवार हुन् । त्यस्तै, आनन्दराम पराजुली प्यानलका लामा र गिरी रहेका छन् । पौडेलले भने आफ्नो छुट्टै उम्मेदवारी दर्ता गराएका थिए ।
त्यस्तै सचिव पदमा पनि २ पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । सचिवमा अर्जुन प्रसाद चौलागाई, ईश्वर कुमार पाठक, प्रदीप कोइराला, भीमसेन महत, मान बहादुर पाटामगर र यतिराज सापकोटाले उम्मेदवारी दिएका थिए । चौलागाई र कोइराला लामा प्यानल, महत र पाठक लामिछाने प्यानलका हुन भने सापकोटा र मगर पराजुली प्यानलका उम्मेदवार हुन् ।
सहसचिव पदमा पनि ७ जनाले उम्मेदवारी दिएका छन् । पराजुलीको प्यानलबाट कृष्णप्रसाद दाहाल र मिरा स्याङ्तानले र लामिछानेको प्यानलबाट इन्दिरा न्यौपाने र रत्न बहादुर गोलेको उम्मेदवारी परेको छ ।
लामाको प्यानलबाट भने अर्जुन प्रसाद तिवारी र ताराचन्द्र बजगाई (निशान) रहेका छन् । प्यानल बाहिरका सुमन कार्कीले पनि सह सचिवमा आफ्नो उम्मेदवारी दिएका छन् ।