कांग्रेस मकवानपुरको पदाधिकारीको मतगणना सुरु

संवाददाता
१७ फाल्गुन २०७८, मंगलवार १८:०७

हेटौंडा \ नेपाली कांग्रेस मकवानपुरको सोमबार सम्पन्न मतदानको पदाधिकारीहरुको मतगणना सुरु भएको छ।

केहिसमय अघिबाट उपसभापति, सचिव र सह सचिव सहित पदाधिकारीहरुको मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

नेपाली कांग्रेस मकवानपुरको कार्यालयमा सुरु भएको मतगणनाको परिणाम अबेर राति आइसक्ने अनुमान निर्वाचन समितिको रहेको छ । सोमबार १ हजार ७७५ जनाले मतदान गरेका थिए ।

मतपरिणाम सार्वजनिक भएपछि मात्र अन्य सदस्य पदका उम्मेदवारको मतगणना हुने जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*