आज शिवरात्रि : पशुपति क्षेत्रमा दर्शनार्थीको भिड

संवाददाता
१७ फाल्गुन २०७८, मंगलवार ०८:०९

काठमाण्डाै \ आज शिवरात्रि । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने शिवरात्रि पर्व भगवान शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । पशुपति क्षेत्रमा साधुसन्त एवम् भक्तजनहरुको भिड लागेको छ ।

पशुपति परिसर एवम् वाग्मती किनारामा गएरातिदेखि नै दर्शनार्थी एवम् भक्तजनको भिड छ । पशुपतिमा शिवरात्रिमा  भारतबाट समेत साधुसन्त र तीर्थयात्री आउने गरेका छन् । शिवरात्रिलाई लक्षित गर्दै पशुपति क्षेत्रलाई सिँगारिएको छ ।

पशुपति क्षेत्र विकास कोषले आज ५० लाख दर्शनार्थीले मन्दिर अवलोकन गर्ने अनुमान गरेको छ । भक्तजनको सुविधाका लागि यस वर्ष विशेष व्यवस्था मिलाइएको कोषका सदस्य सचिव डाक्टर मिलनकुमार थापाले बताउनुभयो ।

चार वर्ष अघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको छ । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले पक्राउ कारबाही गर्ने उहाँले बताउनुभयो । यस्तै, आज  बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको कोषले जनाएको छ । यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ । त्यसका लागि पाँच वटा लाइनको व्यवस्था मिलाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*