सभापतिको एक हजार मतगणना सकियो, पराजुलीको अग्रता कायमै

खबरबाकस \ नेपाली कांग्रेस मकवानपुरको सभापति पदको उम्मेदवारको मतगणना जारी भइरहेको छ । खसेको मत मध्ये एक हजार मत गणना हुदाँ आनन्दराम पराजुलीले ३३१ मत प्राप्त गरेका छन् ।
यता बुद्ध लामाले ३१७ मत प्राप्त गरेका छन् भने जयराम लामिछानेले २९७ मत प्राप्त गरेको सहायक मतदान अधिकृत रामकुमार अधिकारीले बताएका छन् । बाकीँ मत भने बदर भएका छन् ।
निर्वाचनमा एक हजार ७७५ मत खसेको थियो । सुरुवात देखी पराजुलीले अग्रता लिइरहेका छन् ।