मतदान गर्ने समय ६ बजे सम्म, सोह्र सयले खसाले मत

संवाददाता
१६ फाल्गुन २०७८, सोमबार १७:३७

 खबरबाकस \ नेपाली कांग्रेस मकवानपुरको १४ औ अधिवेशन अन्तर्गत आज भएको मतदान प्रकृया साँझ ६ बजे सम्मलाई तोकिएको छ ।

साँझ ५ बजे सम्ममा १ हजार ६ सय जना मतदाताहरुले मतदान गरीसकेको सहायक मतदान अधिकृत रामकुमार अधिकारीले बताए । निर्धारित समय भन्दा तीन घन्टा पछि बाट सुरु भएको मतदान प्रक्रिया साँझ ६ बजे सम्म जारी रहनेछ ।

कांग्रेस मकवानपुरको आगामी नेतृत्वका लागि सभापतिमा आनन्दराम पराजुली, बुद्ध लामा र जयराम लामिछानेको प्यानल चुनावी मैदानमा रहेका छन् ।

मतदान प्रकृयामा जिल्लाभरबाट निर्वाचित भएका १ हजार ८५३ जना क्षेत्रीय प्रतिनिधिहरु (बुथ प्रतिनिधि) ले मतदान गरिरहेका छन् ।

No description available.

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*