कांग्रेस मकवानपुरको अधिवेशन अन्तर्गत मतदान सुरु

संवाददाता
१६ फाल्गुन २०७८, सोमबार १३:१६

हेटौंडा \ नेपाली कांग्रेस मकवानपुरको १४ औ अधिवेशन अन्तर्गत मतदान प्रकृया सुरु भएको छ। निर्धारित समय भन्दा ३ घण्टा ढिलो गरी हेटौंडा १ चौकिटोलमा रहेको डल्फीन चौरमा मतदान प्रकृया सुरु भएको जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीले बताएका छन् ।

कांग्रेस मकवानपुरको आगामी नेतृत्वका लागि सभापतिमा आनन्दराम पराजुली, बुद्ध लामा र जयराम लामिछानेको प्यानल चुनावी मैदानमा रहेका छन् । यता विभिन्न ८ वटा कल्टरमा ८ जना निर्विरोध निर्वाचित भइसकेका छन्।

मतदान प्रकृयामा जिल्लाभरबाट निर्वाचित भएका १८५३ जना क्षेत्रीय प्रतिनिधिहरु(बुथ प्रतिनिधि) ले मतदान गर्नेछन् । सभापतिका उम्मेदवार आनन्दराम पराजुली, बुद्ध लामा र जयराम लामिछानेले आफ्नो मतदान गरिसकेका छन् ।

मतदान स्थल बाहिर तीन प्यानलका कार्यकर्ताले आफ्नो प्यानललाई मतदान गर्न नारा लगाउदैं मत मागिरहेका छन् । मतदान परिसरमा सुरक्षा कडाइ गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*