कांग्रेस मकवानपुरमा पराजुलीको सम्भावना बलियो बन्दै, लामा र लामिछानेको पनि उस्तै दावी

संवाददाता
१५ फाल्गुन २०७८, आईतवार १८:४०

 खबरबाकस \ सोमबार नेपाली कांग्रेस मकवानपुरको नयाँ नेतृत्वको लागि मतदान हुदैछ । लामो समयदेखी कांग्रेस राजनितिमा लागेका तीन जना नेता बीच कडा प्रतिस्पर्धाहुने देखिन्छ । सभापति पदका लागी तीन नेताहरुको जोडबल भईरहेको छ । आईतबार तीनै नेताहरु आआफनो प्यानल बोकेर मनोनयन दर्तामा व्यस्त रहे ।

पहिलो संविधान सभा निर्वाचनमा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा कांग्रेसको तर्फबाट उम्मेदवार भएका नेता जयराम लामिछानेले उम्मेदवारी दर्ता गरेका छन् । उनले उत्तरी क्षेत्रमा कांग्रेसको बिजारोपणमा मुख्य भुमिका खेलेको भन्दै आफु विजयी हुने बताएका छन् । उनको प्यानलको सर्वेक्षणमा दोश्रो चरणमा आफु पुग्ने र विजयी हासिल गर्ने उनको कुरा छ । सिधाखबर सँग कुराकानी गर्दै उनले भनेका छन् कि म पहिलो चरणमा जित्छु होईन भने दोश्रो चरणमा पक्का जित्नेछु । होईन भने सम्मानजनक मत ल्याउने उनको दाबी छ ।

उता कांग्रेस मकवानपुरलाई चलायमान बनाउन आफनो वर्षौदेखी लागिपरेका नेता आनन्दराम पराजुली कांग्रेस मकवानपुरलाई आफ्नो नेतृत्वको आवश्यक्ता रहेको बताउदै सभापतिमा विजयी हुनेमा ढुक्क छन् । नेता पराजुलीले आफु पहिलो चरणमै विजयीहुने ठोकुवा गरेकाछन् । उनले गएको स्थानीय निर्वाचनमा हेटौंडा नगरमा झिनो मतले मेयरमा पराजित भोगेपनि सोही दिन देखी मकवानपुरमा कांगेस बनाउन लगातार हिडिरहेको योगदानको मुल्यांकन हुनुपर्ने बताउछन् । आफुलाई मतदाताहरुले जिताउनेमा उनी ढुक्क छन ।

यस अघि जिल्ला सचिव हुदै नगरसभापतिको समेत अनुभव संगालेका पराजुली पहिलो चरणमा बिजेता हुन नसके दोश्रो चरणमा राम्रै मतका साथ विजयी हासिल गर्ने बताउछन् । हेटौडा नगरमा लगभग एकलौटी मत रहेको दावीका साथ अघि बढेका पराजुली लगभग विजयीको नजिक रहेको बताउछन । उनी अहिलेका युवा तथा पुराना कांग्रेसी नेतृत्वहरु साथ लिएर निर्वाचनमा होमिएकाछन् ।

यस्तै पहिलो चरणकै निर्वाचनमा आफु विजयीहुने भन्दै अर्का सभापतिका उम्मेदवार नेता बुद्ध लामाले पनि आफुलाई पहिलो चरणमै मतदाताहरुले विजयी गराउनेमा ढुक्क रहेको बताउछन् । उनले आफु विजयी हुन दोस्रो चरण सम्म पुग्नु नपर्नेे तर्क गर्छन् । उनी बागमती प्रदेश सभापति ईन्द्र बहादुर बानियाँको साथमा रहेकाले पनि आफु विजयी हुनेमा ढुक्क रहेको बताउछन् । बानियाँको लोभ लाग्दो क्रेज क्यास गर्ने दाउमा लागि परेका छन् ।

बजार चर्चाको सर्वेक्षण हेर्ने हो भने हेटौडा उपमहानगरपालिकाको निर्णायक ४ सय मतले आन्नदराम पराजुली विजयीहुने देखिन्छ । सर्वेक्षण अनुसार पराजुलीलाई हेटौडा नगरबाट मात्र घटिमा ३ सय मत प्राप्त हुने बताईएको छ । हेटौडा बजार उनको आफनो पक्कड क्षेत्र रहेकाले पनि करिब ७५ प्रतिशत मत उनको पोल्टामा झर्ने उनका सर्मथकहरुले बताएका छन ।

यस्तै थाहानगरबाट ५० मत सहित अन्य ८ गाँउपालिकाबाट ४ सय मत मात्र ल्याउन सकेपनि उनि बिजयी हुन सक्ने निश्चत छ । अर्को कुरा एउटै राजनितिक निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका लामा र लामिछानेको मत विभाजनको फाइदा पराजुलीलाई पुग्ने निश्चित छ ।
हेटौडा नगरमा कमजोर मानिएका लामिछानेले केहिमत हेटौडा नगरबाट प्राप्त गरेर आफ्नो क्षेत्रको सतप्रतिशत मत आफनो पक्षमा पार्दै बिजयी हुने दाउमा छन । उनलाई पुर्व सभापति माईकल रामचन्द्र अर्याल, रघुरमण न्यौपाने लगाएतका नेताहरुको साथ सर्मथन रहेको छ ।

मत सर्वेणकै कुरामा अर्का सभापतिका उम्मेदवार लामा पनि नगरको मतको आशामा छन् । नगरको सम्मानजनक मत प्राप्त गरेर आफनो क्षेत्रको मत सुरक्षित राखी बाजीमार्ने दाउमा उनी लागेका छन् । उनका सर्मथकहरुले हेटौडा नगरबाट १ सय ५० मतको अपेच्छा राखेकाछन् भने थाहानगरबाट एक सय मतको आकंलन गरेकाछन् । उनले अन्य गाउँपालिका बाट आउने मतबाट पहिलो चरणमै आफु विजयीहुने विश्वास लामाले लिएका छन् । यो हिसाबमा तीनै नेताहरु आआफनो ढगंबाट पहिलो चरणमा विजयीहुने हिम्मतका साथ चुनावी मैदानमा रहेका छन् ।

लामा र लामिछाने एउटै क्षेत्रको भएकाले यो मतान्तरबाट पराजुलीले विजयी हासिल गर्ने सकने सम्भावाना बलियो देखिन्छ यद्यपि यो हिसाबले दोश्रो चरणमा जादाँ पनि उनलाई नै फाईदा पुग्ने निश्चित छ । लामा र पराजुली दोस्रो चरणमा प्रवेश गरे लामिछानेको निर्णायक मत पराजुलीले पाउने चर्चा छ । लामा र पराजुली मध्ये एक जना मात्रै दोस्रो चरणमा आए लामिछानेलाई फाइदा हुने देखिन्छ । बलियो सम्भावनाको रुपमा देखिएका पराजुली र लामा विगतदेखी संस्थापन पक्षमा रहेकाले विभाजित मतले संस्थापन इतरका उम्मेदवार लामिछानेलाई फाइदा पुग्ने चर्चा छ ।

तीनै जना उम्मेदवारले आफुले चुनाव जित्ने दावी गर्दै मैदानमा उत्रेका छन् । दोस्रो चरणमै मतदान नहुने अवस्था आएमा सोमबार राती सम्म कांग्रेस मकवानपुरले नयाँ नेतृत्व पाउने पक्का छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*