मकवानपुरमा दुई निर्माण व्यवसायी नेता भर्सेस निष्ठाको राजनिति

खबरबाकस \ नेपाली कांग्रेस मकवानपुरको नेतृत्वको लागि दुई निर्माण व्यवसायी नेता र आफुलाई निष्ठाको राजनितिकर्मी बताउने नेताबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
सोमबार हुने निर्वाचनका लागि निर्माण व्यवसायी क्षेत्रमा नाम कहलिएका र केन्द्रीय निर्माण व्यवसायी संघको नेतृत्व गरिसकेका कांग्रेस नेता जयराम लामिछानेले उम्मेदवारी दर्ता गरेका छन् ।
त्यस्तै निर्माण व्यवसायी संघ मकवानपुरको नेतृत्व सम्हालेका पुर्व जिल्ला पार्टी सचिव तथा नगर सभापति भइसकेका कांग्रेस नेता आनन्दराम पराजुली र लामो समयदेखी कांग्रेसको निष्ठाको राजनिति गर्दै आएका हालका पार्टी सचिव बुद्ध लामाले सभापतिका लागि आइतबार उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दर्ता सँगै तीन नेताले आफ्नो प्यानल समेत बनाएर चुनावी मैदानमा लागेका छन् । लामिछानेको प्यानलबाट उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने, सचिवमा भीमसेन महत र ईश्वर पाठक, सहसचिवमा ईन्दिरा न्यौपाने र रत्न बहादुर गोलेले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
उता पराजुली प्यानलबाट उपसभापतिमा रमेश गिरि र भीम लामा, सचिवमा यतिराज सापकोटा र मान बहादुर पाटामगर, सहसचिवमा मिरा स्याङ्तान र कृष्ण प्रसाद दाहालले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै, लामाको प्यानलबाट रामबाबु बानियाँ र गोपीलाल विश्वकर्मा, सचिवमा अर्जुन प्रसाद चौलागाई र प्रदीप कोइराला, सहसचिवमा ताराचन्द्र बजगाई र अर्जुन तिवारीले उम्मेदवारी दर्ता गराएका छन् । कल्स्टर र भूगोलको हिसाबले आफ्ना आफ्ना प्यानलमा सदस्यहरुको उम्मेदवारी दर्ता गराएका छन् ।
तीनै जना उम्मेदवारले आफुले चुनाव जित्ने दावी गर्दै मैदानमा उत्रेका छन् । दोस्रो चरणमै मतदान नहुने अवस्था आएमा सोमबार राती सम्म कांग्रेस मकवानपुरले नयाँ नेतृत्व पाउनेछ ।