कांग्रेस मकवानपुर अधिवेसनः मनोनयन दर्ता आज, मतदान भने सोमबार विहान

संवाददाता
१५ फाल्गुन २०७८, आईतवार ०९:१५

खबरबाकस \ नेपाली कांग्रेस मकवानपुरको अधिवेशन अन्तर्गत सभापति सहित जिल्ला कार्य समितिको लागि मनोनयन दर्ता आज हुदैछ । विहान ९ बजेबाट मनोनयन दर्ता हुने जनाइएको छ । मतदान भने भोली १६ गते सोमबार बिहानबाट हुने भएको छ।

नेपाली कांग्रेस मकवानपुरको जिल्लाको अधिवेसनको तालिकामा फागुन १५ गते विहान ९ बजेदेखि १ बजेसम्म मनोनयन दर्ता, १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन बेलुका ६ ३० प्रकाशन गरिने प्रमुख निर्वाचन अधिकृत अधिवक्ता गोपी शर्मा सुवेदीले बताए ।

मतदान भने भोली विहान ८ बजे हुनेछ । निर्वाचन प्रकृया हेटौंडा १ चौकीटोल ओरालोमा हुनेछ। सभापतिमा आनन्दराम पराजुली, बुद्ध लामा र जयराम लामिछानेबीच प्रतिस्पर्धा हुदैं छ । उनीहरुले हेटौंडामा छुट्टाछुट्टै घोषणा कार्यक्रमको आयोजना गरी आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*