सभापतिका लागि बुद्ध लामाद्धारा उम्मेदवार घोषणा

संवाददाता
१४ फाल्गुन २०७८, शनिबार १९:३७

 खबरबाकस \ आइतबार हुने नेपाली कांग्रेस मकवानपुरको सभापतिमा पार्टी सचिव बुद्ध लामाले आधिकारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनले शनिबार दिउँसो हेटौंडा–५ स्थित हेटौंडा रिसोर्टमा घोषणा सभा आयोजना गरेर उम्मेदवारी घोषणा गरेका छन् ।

प्रतिनिधि सभा क्षेत्र २ का सभापति लोक बहादुर मोक्तानको अध्यक्षता तथा पार्टीको कार्यबहाक सभापति विष्णु प्रसाद लामिछानेको प्रमुख अतिथ्यतामा भएको घोषणा कार्यक्रममा लामाले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका सभापतिहरुले लामालाई सभापतिमा जिताउन आग्रह गरेका छन् । इन्द्र सरोवर गाउँपालिकाका सभापति विश्व लामा, बकैया गाउँपालिका सभापति दिल बहादुर लामा, मकवानपुरगढीका सभापति राजविर मुक्तान, मनहरीका सभापति प्रकाश बर्तौला, राक्सिराङका सभापति बिरेन्द्र बहादुर जिम्बा, भीमफेदीका सभापति सन्जिव श्रेष्ठ, कैलाशका सभापति राजेन्द्र घिसिङले आफ्ना भनाइ राखेका थिए ।

No description available.

सोही कार्यक्रममा जिल्ला कोषाध्यक्ष गोपीलाल विक, प्रवक्ता प्रदीप कोइराला, सह सचिव रामबाबु बानियाँ, महिला नेतृ जानकी लामा, नेता प्रभात दाहाल, सुनिल दाहाल, प्रतिनिधि सभा २ का प्रदेश सभा क्षेत्र ख का सभापति रन्जन कालाखेती, क्षेत्र १ प्रदेश सभा ख का सभापति राजेश बानियाँ लगायतले आफ्नो भनाइ राखेका थिए ।

कांग्रेस मकवानपुरको आइतबार उम्मेदवार मनोनयन दर्ता, दावी विरोध, उम्मेदवारी फिर्ता र अन्तिम नामावली सार्वजानिक गरिनेछ भने सोमबार विहान ८ बजेबाट मतदान प्रक्रिया रहने निर्वाचन समितिले जनाएको छ । सभापतिका लागि तीन जना उम्मेदवार रहने देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*