पार्टीमा युवाको खाचोँ भन्दै सहसचिव पदमा कार्कीको उम्मेदवार रहने

खबरबाकस \ नेपाली कांग्रेसको १४ औं महाधिवेसन अन्तरगत मकवानपुर जिल्लाको अधिवेसनको सरगर्मी बढिरहेको छ । उम्मेदवारहरुले आफ्नो पदमा उम्मेदवारी रहने भन्दै प्रचारप्रसार गर्दै आइरहेका छन् । सोहीक्रममा पश्चिमी क्षेत्र मनहरीका युवा नेता सुमन कार्कीले भने सहसचिव पदमा आफ्नो उम्मेदवारी अघि सारेका छन् ।
पार्टीमा युवाहरुको खाचोँ र चलायमान बनाउन युवा शक्तिको आवश्यक रहेकाले आफ्नो सहसचिवमा उम्मेदवार रहने बताएका छन् । २०५३ सालदेखी नेपाली कांग्रेसमा सक्रिय रहेका मनहरी ८ सिम्पानी निवासी ४३ वर्षका कार्की हाल सम्मपनि सक्रिय राजनितिमा रहेका छन् ।
तत्कालीन मनहरी गाविसको २०६४ साल पछि लगातार दुईपटक सभापति बनेका उनी शिक्षण पेशामा रहदाँ शिक्षक संघको क्षेत्रीय अध्यक्ष भई आफ्नो कार्यसम्पादन गरेका थिए । मनोहर दाहालको नेतृत्वमा रहेको नेपाल तरुण दल मकवानपुरको कोषाध्यक्ष भइ पार्टीमा आफ्नो अमुल्य योगदान गरेका कार्की १२ औं र १३ औं महाधिवेसनको क्षेत्रीय प्रतिनिधि बनेका थिए ।
मकवानपुरको मनहरी क्षेत्रमा पार्टीको लागि आफ्नो भूमिका निभाउदैं आएका कार्की पार्टीको प्रतिनिधि बन्दै विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भई सेवा गर्दै आइरहेका छन् । पार्टीमा जनुमूखी भावना, विकासका कामहरु, संरचनामा परिवर्तन र सक्रिय भई पार्टीमा आफ्नो भूमिका निभाउनको लागि सहसचिवमा आफ्नो उम्मेदवार रहेको बताए ।
निर्माण व्यवसायी समेत रहेका कार्की आसन्न १४ औं महाधिवेसनको जिल्ला अधिवेसनमा मनहरी क्षेत्र र नेपाली कांग्रेसको वृद्धि विकास र पार्टीलाई चलायमान बनाउन आफ्नो उम्मेदवार रहेको बताए ।