युवा नेता सापकोटा जिल्ला सचिवको उम्मेदवार

संवाददाता
१२ फाल्गुन २०७८, बिहीबार १२:०८

खबरबाकस \ नेपाली कांग्रेसको १४ औं महाधिवेसन अन्तरगत मकवानपुर जिल्लाको अधिवेसनको सरगर्मी बढिरहेको छ । आइतबार हुन लागेको जिल्ला अधिवेसनमा उम्मेदवारहरुको नाम धेरै रहेको छ ।

जिल्लाको सचिव पदमा युवा नेता यतिराज सापकोटाले आफ्नो उम्मेदवार रहने बताएका छन् । आनन्दराम पराजुलीको प्यानलबाट आफु जिल्ला सचिवको उम्मेदवार रहेको बताए । आफ्नो राजनितिक योगदान र कार्य सम्पादनले सचिव पदमा काम गर्न सक्ने क्षमता रहेकाले आफ्नो उम्मेदवारी रहेको उनी बताउछन् ।

मकवानपुरगढी गाउँपालिका ५ निवासी ४५ वर्षका सापकोटा २०५६ सालमा तत्कालीन आमभञ्ज्याङ गाविसको तरुण सदस्य भइ पार्टीमा क्रियाशील रहेका उनी १२ औं महाधिवेसन अघि आमभञ्ज्याङ गाविसको पार्टी सचिव भइ काम गरेका छन् ।

१२ औं पछि भने सापकोटा तरुण दल जिल्ला सचिव भएका थिए । लामो समय राजनितिमा रहेका सापकोटा १३ औं महाधिवेसनमा मकवानपुरको क्षेत्र नम्बर २ को सभापतिमा निर्वाचित भई पार्टी क्रियाशील रहिरहे ।

क्षेत्रीय सभापति रहिरहदाँ संघीयता पश्चात मकवानपुरलाई दुईवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र बनाइयो र उनी प्रतिनिधि सभा क्षेत्र २ को सभापति बनेर मकवानपुरको आधाभागमा आफ्नो राजनिति क्षेत्रलाई झन बढाउदैं पार्टीमा योगदान दिए । सोही बेला उनी प्रतिनिधि सभा निर्वाचनको बेला क्षेत्र २ को प्रदेश सभा (क) मा नेपाली कांग्रेसको उम्मेदवार भई निर्वाचनमा होमिएका थिए । कम्युनिष्ठ एकता भएको बेला उनी कुमारी मोक्तान सँग पराजित भएका थिए ।

पार्टीमा युवा जोस युवा शक्ति हुनुपर्छ भन्दै युवाहरुमो माझ परिचित सापकोटा १४ औं महाधिवेसनमा मकवानपुर जिल्लाको जिल्ला सचिवमा आफ्नो उम्मेदवार अघि सारेका छन् ।  सापकोटा सँगै ईश्वर पाठक, भीमसेन महत, ईश्वर पण्डित र राजु खतिवडाले उम्मेदवार हुने भनी मतदातासँग मत मागीरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*