संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसका सांसदलाई निर्देशन

संवाददाता
११ फाल्गुन २०७८, बुधबार १७:३०

काठमाण्डाै \  प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले भाेलि बिहीवार बस्ने प्रतिनिधि सभाको बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ ।

संसद् बैठकमा अनिवार्य उपस्थितिका लागि सबै सांसदहरूलाई निर्देशन दिइएकाे कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो ।

गएकाे आइतवारकाे संसद् बैठकमा टेबल भएको अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी प्रस्तावमाथि भाेलिदेखि सैद्धान्तिक छलफल सुरु हुँदैछ ।

एमसिसी सम्झौताअनुसार यही फागुन १६ गतेसम्म याे प्रस्ताव संसदबाट अनुमोदन गरिसक्नुपर्छ । ठूला राजनीतिक दलमध्ये अहिलेसम्म कांग्रेस मात्र स्पष्ट रूपमा खुलेर एमसीसीका पक्षमा देखिएको छ । सरकारले अन्य दललाई पनि एमसीसी अनुमोदनका लागि सहयोग गर्न आग्रह गर्दै छलफलको प्रयास चलाइराखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*