चण्डिका माविको ४३ औं वार्षिकोत्सव, विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रमको माग

संवाददाता
११ फाल्गुन २०७८, बुधबार १५:३७

 खबरबाकस \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा रहेको चण्डिका माध्यामिक विद्यालयको ४३ औं वार्षिकोत्सव बुधबार भएको छ । गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमुख अतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार गोलेको अध्यक्षतामा वार्षिकोत्सव कार्यक्रम भएको हो ।

विद्यालयमा १४४ छात्र र १८१ छात्रा गरि कक्षा १ देखी १२ सम्म ३२५ जनाले अध्ययन गरिएका छन् । वार्षिकोत्सवमा विद्यालयका प्रधानाध्यापक कमल फुयाँलले शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले शैक्षिक सुधारका साथै विद्यार्थीहरुको क्षमता /श्रृजनशीलता विकासका लागि विभिन्न कार्यक्रम र प्रयासहरु गरिरहेको बताए ।

बालमैत्री वातावरणमा शिक्षण, दिवा खाजा, छात्राहरुका लागि स्यानिटरी प्याड, प्याड डिस्पोजल मेसिनको व्यवस्था, विद्यार्थीका लागि पास आउटको व्यवस्था, सहभागिताको सुनिश्चित गर्न बाल समूह गठन, परियोजना कार्यहरु, शैक्षिक सुधारका लागि विभिन्न चरणमा परिक्षा, अतिरिक्त क्रियाकलाप सञ्चालन लगायत अन्य विभिन्न कामहरु भइरहेको प्रअ फुयाँलले बताए ।

No description available.

उनले विद्यालयलाई एक विद्यालय एक नर्स कार्यक्रम आवश्यक रहेको बताउदैं अंग्रेजी माध्यममा पठनपाठन, पिउने पानीको सुविधा, प्रविधिको प्रयोग गरि शिक्षण गरिनु पर्ने आवश्यक रहेको बताए । विद्यालयभित्र पुस्तकालय, कम्प्युटर प्रयोगशाला र विज्ञान प्रयोगशाला आवश्यक रहेकाले गाउँपालिकालाई आग्रह गरेका थिए । कार्यक्रममा परिक्षामा प्रथम, द्धितीय र तृतीय छात्रछात्रालाई पुरस्कृत गरिएको थियो भने विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

No description available.

कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष बखान सिं पाख्रीन, वडा सदस्य रामप्रसाद पुडासैनी, गाउँपालिकाका स्रोत शिक्षक दासरथि उपाध्याय, विद्यालयका पूर्व प्रअ दोर्जे लामा स्याङ्तान, वडा सदस्य पातली माया गोले, जालपा माविका प्रअ राजु गौतम, बंशगोपाल माविका प्रअ लिलानाथ ढुङ्गेल, शिक्षक अभिभावक संघका अध्यक्ष धनबहादुर थिङ, एस्थर बेन्जामिन मेमोरियल फाउन्डेसनका कार्यक्रम संयोजक बुद्धवीर लामा, बाल समूहका अध्यक्ष सन्ध्या सापकोटा, महिला आवाज साकोसका अध्यक्ष तेजकुमारी अस्थानी, चन्द्र सुर्य साकोसका अध्यक्ष इन्द्रबहादुर गोले, श्रमिक दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष हरि प्रसाद हुमागाई, विद्यालय सहायक प्रअ वीरबहादुर गोले, आइएमई लाइफ ईन्स्योरेन्स हेटौंडाका प्रमुख केवल बानियाँ लगायतको अतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*