जयनन्द लामाकाे निधनप्रति राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

संवाददाता
११ फाल्गुन २०७८, बुधबार १४:०८

काठमाण्डाै \  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रसिद्ध लोकगीत सङ्कलक, गायक तथा अभिनेता जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले आज बुधवार ट्वीट गर्नुहुँदै गायक लामाको निधनले नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति बेहाेर्नुपरेकाे उल्लेख गर्नुभएको छ । दुःखको यस घडीमा स्व. लामाप्रति उहाँले श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले आज ट्वीट गर्नुहुँदै गायक लामाको निधनबाट देशले गीतसङ्गीत, चलचित्र एवम् हास्य क्षेत्रका एक असल साधक गुमाएको उल्लेख गर्नुभएको छ । उहाँले दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

गायक लामाको आज बिहान भक्तपुरमा गाडीबाट झर्ने क्रममा निधन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*