विद्यालयमा नपढाइएको भन्दै विद्यार्थीद्वारा राजमार्ग अवरुद्ध

हेटौंडा \ हेटौंडा-११ नवलपुरमा रहेको त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीहरुले विद्यालयमा नपढाइएको भन्दै राजमार्ग अवरुद्ध गरेका छन् ।
उनीहरुले एक साताभन्दा बढी देखि शिक्षकहरुले तलब नपाएको भन्दै पठनपाठनमा रोक लगाइएकोले विद्यार्थीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर आन्दोलन गरेका थिए ।
स्थानीयका अनुसार उनीहरुले दिउँसो १२ बजेदेखि राजमार्ग अवरुद्ध गरेका थिए । विद्यार्थीले नियमित पठनपाठन हुनुपर्ने माग गर्दै शिक्षकहरुले विद्यालयमा राजनीति गरेको आरोप लगाएका छन् ।
शिक्षकको राजनीति गर्ने थलोकोरुपमा विद्यालय प्रयोग भइरहेको छ जसको कारणले गर्दा राजमार्ग अवरुद्ध गरेको विद्यार्थीहरुको भनाइ रहेको छ ।