मकवानपुरमा सवारी दुर्घटनामा दुईको मृत्यु

संवाददाता
१० फाल्गुन २०७८, मंगलवार १५:५२

हेटौंडा \ मकवानपुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । हेटौंडा–फाखेल–काठमाडौं सडक खण्डको इन्द्रसरोवर गाउँपालिका–२ मा भएको दुर्घटनामा एक जनाको मृत्युु भएको छ ।

काठमाडौंबाट पालिकाकै कंलकीतर्फ आउँदै गरेको बा ५७ प ८५७० नम्बरको मोटरसाइकल पालिकाकै सुकौरामा सडकबाट ४ सयफिट तल खस्दा चालक ३३ वर्षीय दोर्जे लामाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले बताए ।

त्यस्तै, पूर्वपश्चिम राजमार्गको हेटौंडा मनहरी खण्डको हेटौंडा–१९, नेवारपानीमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको हो । बस्तीपुरबाट नेपारपानी तर्फजाँदै गरेको बागमती प्रदेश ०३– ००५प– १५०३ नम्बरको मोटर साइकललाई ना ५ त ७३३८ नम्बरको ट्रयाक्टरमा ठक्करखाँदा भएको दुर्घटनामा मोटरसाइकल चालक स्थानीय १७ वर्षिय सुदिप तितुङको मृत्यु भएको हो । उनको उपचारको क्रममा हेटौंडाको चुरेहिल अस्पतालमा मृत्यु भएको रिमालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*