अवैध चाँदीको गरगहनासहित चितवनका दुईजना प्रकाउ

हेटौंडा \ हेटौंडाबाट अवैध चाँदीको गरगहनासहित दुईजना प्रकाउ परेका छन् । आज हेटौडा १५ रातोमाटे स्थित सडकखण्डमा ईलाका प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा प्रदेश २–०३–००४ प २५६ नम्बरको मोटरसाईकलसहित २ जना प्रकाउ परेका छन् ।
प्रकाउ पर्नेमा मोटरसाईकल चालक चितवन माडी नगरपालिका वडा नं ६ बस्ने वर्ष २३ को सागर सुनार र मोटरसाईकलको पछाडी सवार हेटौडा उपमहानगरपालिका वडा नं ३ घर भई हाल चितवन भरतपुर महानगरपालिका वडा नं २२ बस्ने वर्ष ३५ को शम्भु घताने रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनीहरुले भन्सार छली ल्याएको चाँदीको तयारी बाला ८० थान, गणेश बाला १६ थान, बागमुखे बालाको टुक्रा ८ थान, पञ्चरत्न बाला ३७ थान गरी जम्मा ५११ ग्राम ९५० मिलि ग्राम चाँदी फेला परेको हुँदा उक्त चाँदीका गरगहना सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।