पत्रकार र कृषि प्राविधिकले गरे कृषि फार्म अवलोकन

संवाददाता
३० असार २०७८, बुधबार १७:२२

 खबरबाकस \ कृषि ज्ञान केन्द्र चितवनको आयोजनामा चितवन र मकवानपुरका विभिन्न कृषि फार्महरुको अवलोकन तथा अनुगनम गरिएको छ । केन्द्रको वार्षिक कार्यक्रम अन्तरगत चितवन र मकवानपुरका पत्रकारहरुको सहभागितामा कृषि प्राविधिकको साथमा तीन दिने ट्राभलिङ सेमिनार गरि कृषि फार्महरुको अवलोकन गरिएको हो ।

No description available.

२८ गते चितवनको माडीमा प्रदेश सरकारको सामुहिक खेती कार्यक्रम (चक्लाबन्दी आयोजना) र प्राङगारिक अनुसन्धान केन्द्र तथा फार्म स्थापना कार्यक्रमको अवलोकन गरिएको कृषि ज्ञान केन्द्र चितवनका योजना अधिकृत उमराज अर्यालले बताए ।
त्यस्तै, २९ गते चितवनको भरतपुरमा ड्राइगन फुडको नमुना कार्यक्रमको अवलोकन गरिएको थियो । तयस्तै, मकवानपुरको मनहरी गाउँपालिकामा लगाइएको ड्राइगन फुडको खेती, कागती पकेट क्षेत्र, मकवानपुरको उत्तरी क्षेत्रको दामनमा अवस्थित शितोष्ण वागवानी नर्सरी केन्द्रको अवलोकन गरिएको थियो ।

No description available.

त्यसैगरी ३० गते बुधबार हेटौंडामा केन्द्रको अनुदानका सञ्चालित नमुना कृषि फार्मको अवलोकन गरिएको हो । हेटौंडा ८ मा उमाराज आचार्य र केशव कुमार शाहीले सञ्चालन गरेको उच्च प्रविधियुक्त संरक्षित तरकारी खेती कार्यक्रम र हेटौंडा १६ ठुलो सुकौलीमा सक्रिय महिला समूहले सञ्चालन गरेको एक प्रदेश निर्वाचन क्षेत्र एक नमुना फार्म कार्यक्रम अन्तरगत प्लाष्टिक घरमा तरकारी खेतीको अवलोकन गरिएको केन्द्रका कृषि प्रसार अधिकृत मिन बहादुर पुनले बताए ।

कृषि ज्ञान केन्द्रको क्षेत्राधिकार भएको विभिन्न जिल्लामा नमुना खेती प्रणालीलाई अनुदान दिदैं आइरहेको र सोही अनुरुप अहिले अनुगमन तथा पत्रकारहरुलाई अवलोकनको लागि तीन दिने कार्यक्रम गरिएको पुनले बताए । मकवानपुरमा मात्रै ५७ स्थानमा नमुना कृषि कार्यक्रमहरु सञ्चालन भएको उनले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*