नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा शपथ ग्रहण

संवाददाता
२७ भाद्र २०८२, शुक्रबार २२:११

नेपालकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् ।

शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् ।उनले नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि रचेकी छिन् ।

कार्की यसैसाता युवा पुस्ता (जेन–जी)को आन्दोलनको बलमा वर्तमान संसदको आधा पदावधि बाँकी रहदा नै अन्तरिम कालको प्रधानमन्त्री नियुक्त भएकी हुन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*