कांग्रेस मकवानपुरको सभापतिका लागि दोस्रो चरणमा निर्वाचन पक्का

संवाददाता
१७ फाल्गुन २०७८, मंगलवार ०२:५७

 खबरबाकस \ नेपाली कांग्रेस मकवानपुरको सभापतिका लागि पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउन नसकेपछि मंगलबार दोस्रो चरण मतदान पक्का भएको छ ।

पहिलो चरणमा सभापतिका उम्मेदवार आनन्दराम पराजुलीले ५४५ मत प्राप्त गरेका छन् । त्यस्तै बुद्ध लामाले ५९२ मत प्राप्त गरे भने जयराम लामिछानेले ५३१ मत प्राप्त गरेका छन् ।

केहिबेर अघि मतगणना सकिएको निर्वाचन सहायक अधिकृत रामकुमार अधिकारीले बताए । एक हजार ८५३ मतदाता मध्ये एक हजार ७७५ जनाले मतदान गरेका थिए ।

पहिलो चरणबाट संस्थापन इतरका उम्मेदवार जयराम लामिछाने बाहिरिएका छन् । दोस्रो चरणमा संस्थापन पक्षकै दुबै उम्मेदवार चुनावी मैदानमा उभिनेछन् ।

पराजुलीले केन्द्रीय सहमहामन्त्री मकवानपुरे नेतृ महालक्ष्मी उपाध्याय (डिना)को समर्थन पाएका छन् भने लामाले बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँको समर्थन पाएका छन् ।

सभापतिमा विजयी हुन अब संस्थापन इतरको भूमिका रहने देखिन्छ । लामिछानेले कसलाई समर्थन गर्छन उहि उम्मेदवार विजयी हुने देखिन्छ ।

प्रतिक्रिया लेख्नुहोस्

  • प्रतिक्रियाहरु