पत्रकार महासंघ बेलायतले कोभिड प्रभावित नेपालस्थित पत्रकारहरुलाई आर्थिक सहयोग गर्ने

संवाददाता
४ असार २०७८, शुक्रबार १६:१३

बेलायत/ नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा भर्चुअल माध्यमबाट सम्पन्न पहिलो बैठकले कोभिडबाट अति प्रभावित नेपालस्थित पत्रकारहरुको सहयोगमा आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । महासंघ केन्द्रसंगको समन्वय र सहकार्यमा सहयोगको आवश्यकतामा रहेका पत्रकारहरुको पहिचान गरी सहयोग वितरण गरिने बताइएको छ ।

सहयोगका लागि कोष संकलन गर्ने कार्यको संयोजन शाखाका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, उपाध्यक्ष प्रमिला लावुङ राई र सदस्य गोमा रानाले गर्ने भएका छन् भने कोषाध्यक्ष सविन्द्रकुमार गुरुङ र सहकोषाध्यक्ष सुरेन्द्र इङ्नामले प्राविधिक सहयोग गर्ने निर्णय गरिएको छ ।

बैठकले गत आइतबार जुन १३ तारिखमा सम्पन्न शाखाको पाँचौं अधिवेशन सफल रहेको निष्कर्ष निकालेको छ । अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने महासंघ केन्द्रका अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरीसहित सबै पदाधिकारीहरु, केन्द्रीय प्रतिनिधि भगिरथ योगी, पाँचौं अधिवेशन निर्वाचन समितिका संयोजक रमेश सराङकोटी एवम् सदस्यहरु नवीन पोखरेल, चिरन शर्मा, संगीता मरहट्ठा र केशव भण्डारी, कानूनी सल्लाहकार दिपक भट्टराई, पाँचौं अधिवेशन संयोजक विमला सेने, निवर्तमान कार्यसमितिका अध्यक्ष नरेश खपांगीमगर एवम् सम्पूर्ण पदाधिकारी र सदस्यहरु, अधिवेशनमा सहभागी सम्पूर्ण साधारण सदस्यहरु एवम् सबै सहयोगीहरुप्रति बैठकले धन्यवाद ज्ञापन गरेको छ ।

त्यसैगरी, शाखाको पाँचौं कार्यसमितिको दोस्रो बैठक आगामी जुलाई महिनाको २५ तारिख आइतबार साउथ इष्ट लण्डनमा बस्ने निर्णय गरिएको छ । बैठकको लागि भेन्यू र समय निर्धारण गरी जानकारी गराउने जिम्मा महासचिव बस्नेतलाई लगाइएको छ ।

बैठकले शाखाको निवर्तमान कार्यसमितिबाट औपचारिक रुपमा कार्यभार हस्तान्तरण र बुझबुझारथको प्रक्रिया यथासक्य चाँडो (दोस्रो बैठकअगावै) पूरा गर्ने निर्णय गरेको छ । जसका लागि निवर्तमान कार्यसमितिका पदाधिकारीहरुसंग समन्वय गर्ने जिम्मेवारी अध्यक्ष अर्याललाई दिइएको छ ।

शाखाका वर्तमान साधारण सदस्यहरु तथा कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरुबीच आवश्यक जानकारी र सूचना आदानप्रदान गर्न छुट्टाछुट्टै अफिसियल ग्रुपहरु सञ्चालन गर्ने तथा यसअघि सञ्चालनमा रहेका अन्य ग्रुपहरु बन्द गराउने कार्यको जिम्मेवारी महासचिवलाई दिने निर्णय पनि बैठकले गरेको छ ।

अध्यक्ष ध्रुवराज अर्यालले अध्यक्षता र महासचिव नरेन्द्रकुमार बस्नेतले सञ्चालन गरेको बैठकमा वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, उपाध्यक्ष प्रमिला लावुङ राई, उपाध्यक्ष शिव भण्डारी, सचिव मञ्जु भण्डारी,सचिव खेमराज रानाभाट, कोषाध्यक्ष सविन्द्रकुमार गुरुङ, सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम, सदस्य गोमा राना, सदस्य नगेन्द्र नेम्वाङ र सदस्य जयराम तामाङसहित सिंगो कार्यसमितिको शतप्रतिशत सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*