वडा प्रहरीलाई माक्स सहयोग

रोट्रयाक्ट क्लब अफ हेटौंडाको संयोजनमा हेटौंडा ५ मा रहेको वडा प्रहरी कार्यालयलाई माक्स सहयोग गरिएको छ । हेटौंडा ४ मा रहेको ए.आर. मार्ट प्रालिले कोभिडको फन्र्टलाइनमा रहि सेवा गरिरहेका प्रहरीलाई दुई हजार ५ सय थान सर्जिकल माक्स सहयोग गरिएको सञ्चालक असिमराज ढुङ्गानाले बताए ।
सामाजिक अभियान्ता विकेशलाल श्रेष्ठले वडा प्रहरी कार्यालयमा माक्सको अभाव भएको जनाए पछि सहयोग गरिएको ढुङ्गानाले बताए ।