४७ जनाद्धारा रक्तदान

विश्व रक्तदाता दिवसको सन्दर्भमा महामारीको रुपमा फैलिरहेको कोभिड १९ को रोकथाम र नियन्त्रणको उद्देश्यका साथ आज हेटौंडामा रक्तदान गरिएको छ ।
कोभिड हेल्पडेस्क मकवानपुरको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा ४७ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक कृष्णराज कोइरालाले बताए । रक्तदान नेपाल रेडक्रस सोसाइटी मकवानपुरको सहकार्यमा पल्पसा आइसोलेशन सेन्टर परिसरमा गरिएको थियो ।