नेपालमा थप २६०७ जनामा कोरोना पुष्टि, ३९ को मृत्यु

संवाददाता
३ असार २०७८, बिहीबार १८:२६

नेपालमा पछिल्लो २४ घण्टामा २६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै २ हजार १४१ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३९ जनाले ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार जम्मा १२ हजार ४८४ जनामा परीक्षण गर्दा २ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको संख्या ६ लाख १५ हजार ९८४ (पीसीआर) र २४ हजार ५६ (एन्टिजेन विधिबाट) पुगेको छ ।

यस्तै हालसम्म ४ लाख ४५ हजार बढी संक्रमण मुक्त भएका छन् भने मृतकको कुल संख्या ८ हजार ५९७ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*