मापदण्ड विपरित कामको विरोध गर्दा युवा संघद्धारा आक्रमक प्रयास

हेटौंडा–४ मा निर्माणाधीन मोहन बज्राचार्य शहरी स्वास्थ्य चौकी भवन निर्माणमा मापदण्डविपरीत कमसल निर्माण सामाग्री हालिएको भन्दै नेपाल तरुण दल हेटौंडा ४ वडा समितिले विरोध गरेको छ । बुधबार प्रयोग भएको सामाग्री परिक्षणका लागि पुगेको तरुण दल ४ नम्बर वडा समितिलाई युवा संघका केहि सदस्यहरुले अवरोध गरेकोमा तरुण ४ नम्बर अध्यक्ष विक्रम लामाले आपत्ति जनाएका छन् । हामीले छानविन गर्न खोज्दा युवा संघका सदस्यहरुले हामी माथी हातपात गर्न खोजेकोमा यसले अस्थिरता जन्माउने तर्फ युवा संघ अग्रसर भएको उनले बताए । सरकारी कामलाई एक पक्षीय ढङ्गले काम गर्नु कत्तिको उचित हुन्छ ? भन्दै लामाले भने एकलौटी ढङ्गबाट कमसल रुपमा बनाइएको निर्माणको घोर विरोध गर्दछौं ।
हामी गएर हेर्दा दुइ गाढा गिट्टी र २ गाढा बालुवामा एक बोरा मात्रै सिमेन्ट घोलेर हालिरहेको पाइयो, निर्माणको मापदण्डबारे जानकारहरुसँग बुझदा दुइ-दुई गाढा बालुवा र गिट्टी राखेपछि एक गाढा सिमेन्ट हाल्नुपर्ने भन्ने थाहा पाइयो । यो लापरबाही हो ।’ अध्यक्ष लामाले भने । उनका अनुसार रातको समयमा भइरहेको निर्माणस्थलमा प्राविधिकसमेत छैनन्, यो राजनितिक तवरले ठाडो आदेशमा काम भएको उनको तर्क छ । यता, बुधबार साँझ भएको घटना प्रति नेपाल तरुण दल मकवानपुर अध्यक्ष इश्वर पाठकले सुरक्षा निकाय र निर्माणको विषयमा अख्तियारमा निवेदन दिएको बताए ।
स्वास्थ्यचौकी भवन निर्माणमा मापदण्ड विपरीत कमसल निर्माण सामाग्री प्रयोग गरेको गुनासो आएको भन्दै नेपाली कांग्रेस हेटौंडा–४ नम्बर वडा समितिले यस अघि नै ध्यानाकर्षणसमेत जनाइसकेको छ । वडा सभापति हरिप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै गुनासो आएपछि अनुगमनमा जाँदा निर्माणस्थलमा परियोजना कार्य विवरणसमेत नभएको बताएका छन् । रातमा काम हुने गरेको प्रति पनि आपत्ति जनाइएको थियो ।