१४३ किलो लागुऔषध गाँजा सहित तीन जना नियन्त्रण

संवाददाता
३ असार २०७८, बिहीबार १२:१९

 खबरबाकस \ मकवानपुर प्रहरीले १४३ किलो गाँजा सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । विहीबार विहान करिब ३ बजेको समयमा विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी उपरीक्षक समेतको प्रहरी टोलीले मनहरी तर्फ बाट हेटौडा तर्फ आईरहेको ना.१ ख ९९१० नम्बरको कन्टेनर गाडी सहित तीन जनालाई नियन्त्रणमा लिइएको छ ।

हेटौंडाको थानाभर्या ङ स्थित पूर्व पश्चिमम लोकमार्ग सडक खण्डमा उक्त गाडीलाई चेकजाँच गर्दा कन्टेनर गाडीको केविन भित्र चालक बस्ने सिट पछाडी फल्स बटम बनाई लुकाई छिपाई ल्याएको १२ वटा पोकामा लागुऔषध गाँजा १४३ किलो ३०० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक तथा प्रवक्ता जयश्वर रिमालले बताउनुभयो । प्रहरीले गाडी चालक सिन्धुपाल्चोकको बार्हबिसे नगरपालिका वडा नं। ५ सिगार्से बस्ने २८ वर्षका सनक बहादुर तामाङ, सह-चालक बार्हबिसे नगरपालिका वडा नं. ८ मानेश्वारा बस्ने २४ वर्षका सोमे तामाङ र सोही गाडीमा सवार जिल्ला मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. १ गल्छराङ बस्ने १८ वर्षका सविन तामाङलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रिमालले बताउनुभयो ।

मकवानपुर प्रहरीले बुधबार ९६ किलो लागुऔषध गाँजा सहित पाँच जनालाइ पक्राउ गरि सार्वजानिक गरि अनुसन्धान गरिरहेको छ । १ गते मंगलबार मनहरीबाट हेटौडा तर्फ आईरहेको ना.२ ख ५५७९ नं. को कन्टेनर गाडी चेकजाँच गर्दा लागुऔषध गाँजा ९६ किलो ४ सय ग्राम भेटिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*