भीम विराग सङ्गीत प्रतिष्ठानद्धारा प्रत्यक्ष साङ्गीतिक कार्यक्रम

संवाददाता
३० जेष्ठ २०७८, आईतवार ०७:३३

सिधाखबर \ हेटौंडामा भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले शनिबार प्रत्यक्ष साङ्गीतिक कार्यक्रम गरेको छ ।
कोरोना कहरबाट आक्रान्त समाजलाई मनोरञ्नार्थ साङ्गीतिक प्रस्तुतीहरु प्रस्तुत गरिएको प्रतिष्ठानका अध्यक्ष ह्याग्रीव आचार्यले बताए ।
सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रशारण गरि विभिन्न स्रष्टाहरुले साङ्गीतिक प्रस्तुती दिएका थिए । कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष विष्णुगोपाल महर्जन स्वागत भनाइ, महासचिव केशवलाल श्रेष्ठ, सचिव निर्मला भ्लोन कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रत्यक्ष साङ्गीतिक कार्यक्रममा कृष्ण गोपाल सिंहले तारा मात्र हैन तिमीलाई, जुन दाइजो दिई दिउँला, माग तिमि तिमीलाई मेरो जिन्दगि नै दिई दिउँला (शब्दः किरण खरेल, स्वर संगीत प्रेमध्वज प्रधान), पुरण बिक्रम अधिकारीले चलेछ बतास सुस्तरी मनै हरर, भरोसा छैन जीवनको, बिताउँ हाँसेर (शब्दः बुद्धबीर लामा, स्वर-संगीत शम्भु राई), रमेश गहतराजले हजार जुनीसम्म खोजी बसें तिमीलाई,माया मेरो युग युग सम्म तिमीलाई तिमीलाई (शब्दः पवन चामलिंग, संगीतः योगेन्द्र घतानी), सुनिता लुइंटेलले पर लैजाउ फूलहरु, छोपिदेउ ताराजुन, बन्द गर गितहरु, तिम्रो याद आउने सबै चिजहरु (शब्दः राजेन्द्र थापा, संगीत : नातिकाजी तथा प्रेमध्वज र स्वर :प्रेमध्वज प्रधान), बाबु क्षेत्रीले  हाँस्ने रहरहरु आँसुमा डुबे, सुन्दर सपना शिशा झैं फुटे, शिशा झैं फुटे (चलचित्रः जीवनरेखा) (शब्दः किरण खरेल, संगीतः अम्बर गुरुङ्ग स्वरः प्रेमध्वज प्रधान), हिरा क्षेत्रीले शुभकामना भरि हरेक श्वासमा, तिम्रो दीर्घायूको कामना गर्न सकूँ म (शब्दः चाँदनी शाह, संगीतः नातिकाजी, स्वर : तारादेवी),पदमलाल श्रेष्ठले यति धेरै माया दिई मन भरि दुःख नदेउ, बाटो वरपर फुल्ने पलाँस टिपी शिरमा नलाउ (शब्द-संगीतः दिपक जंगम, स्वर : नारायण गोपाल),घनश्याम ढकालले कसरी म भूलें, केमा म भूलें, तिम्रो ओठमा, तिम्रो मुस्कानमा, आँखामा कि भाखामा (शब्द –संगीतः भिम विराग, स्वर : नारायण गोपाल),तुलुक लामाले तिमीलाई म के भनुं, फूल भनुं कि जून भनुं, उपमा धेरै म के दिउँ, तिमीलाई मनकी मायालु भनुं (शब्द-संगीतः दिपक जंगम, स्वरः नारायण गोपाल), राजकुमार रसाइलीले कति कम्जोर रहेछ भाग्य, तिम्रो सिउँदो कोर्न सकिन, कति कम्जोर रहेछ रहर तिम्रो आँसु पुछ्न सकिन (शब्दः यौवन तुलाधर, स्वर- संगीतः दिप श्रेष्ठ), आशाकाजी श्रेष्ठले डांडामाथि चौतारी, चौतारीमा औतारी, (जसको शब्द-संगीत एवम् स्वर स्वयम् आशाकाजी श्रेष्ठको) गीत प्रस्तुत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*