हेटौंडाका उपमेयर लामाको चेम्बरमा गोप्यरुपमा धमाधम खोप लगाइदैं

रक्षक नै भक्षक भएपछि चौतर्फी आलोचना
मणिराज गौतम
२८ जेष्ठ २०७८, शुक्रबार १८:५५

हेटौंडामा गोप्य रुपमा कोरोना विरुद्धको खोप लगाइएको पाइएको छ । सरकारले ६२ देखि ६४ वर्षसम्मका नागरिकलाई लगाउनको लागि ल्याइएको कोभिड १९ विरुद्धको खोप हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामाको चेम्बरमा गोप्यरुपमा खोप लगाउदै गरेको पाइएको हो ।

तरुण नगर अध्यक्ष सुनिल गिरीले गोप्य रुपमा खोप लगाउदैं गरेको जानकारी पाए पछि उनी आफै उपमेयरको चेम्बरमा पुगेका थिए । गोप्य स्रोतले दिएको जानकारीका आधारमा चेम्बर पुगेका गिरीले सामाजिक सञ्जालमा तस्विर र भिडियो कैद गरेका थिए । भिडियोलाई सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि धेरैले उपमेयरको यो कार्यप्रति आपत्ति जनाएका छन् । गिरीले सार्वजानिक गरेको भिडियोमा जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाई र खोप लगाउदै गरेका विभिन्न व्यक्तिहरु र उनीहरुको नाम विवरणमा १५ जनाको रहेको छ ।
यता उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले यस विषयमा कुरा गर्दा उपमेयरको दबावमा खोप लगाइएको स्विकार गरेका छन् । हामीले उपमेयरको चेम्बरमा १३ जनालाई लगाएका हौं चौलागाईले भने ।

यसरी गोप्य रुपमा लक्षित उमेर बाहेकका व्यक्तिहरुलाई खोप लगाउन मिल्छ त ? भन्ने प्रश्नमा चौलागाई भने हामी निरिह भयौं जनप्रतिनिधिले भने पछि मान्नै पर्यो । उपमेयर लामाले आफुलाई खोप लगाउन नातेदारहरुको दबाव आएकाले खोप लगाइदिन आग्रह गरे पछि हामीले खोप लगाएका हौं चौलागाईले बताए ।

उता प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डेले गोप्य रुपमा लगाइएको खोप कार्य गलत रहेको बताउदैं यस विषयमा छानविन गरी आवश्यक छलफल गरिने बताए । उनले यो विषयमा डिसिसीएमसीको बैठकमा छलफल गरिने बताए ।

स्वास्थ्य कार्यालयका प्रमुख प्रणय उपाध्यायले उपमेयर लामाले नगरपालिकालाई दोस्रो चरणको कोभिडशिल्ड ५० डोज खोप उपलब्ध गराउनुभनी पत्र पठाए अनुसार आफुहरुले खोप पठाएको बताए । उनले यसरी गोप्य रुपमा उपमेयरको चेम्बरमा बसी खोप लगाउनु गलत रहेको बताउदैं यस्तो गर्न नहुने भन्दै पन्छिए । उपाध्यायले सञ्चारमाध्यम तथा जिल्ला प्रशासनलाई कोभिड शिल्ड आफुहरु सँग नभएको झुट बोल्दै आएका थिए । यस कार्यमा स्वास्थ्य कार्यालय र उपमेयरबीच ठुलै साँठगाठँ भएको बुझिन्छ । यस विषयमा कुरा गर्न खोज्दा उपमेयर लामासँग फोन सम्र्पक हुन सकेन् । तस्विर सुनिल गिरीको फेसबुकबाट

No description available.

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*