मनहरीमा एक सय २० घरलाई खाद्यान्न सहयोग

संवाददाता
२८ जेष्ठ २०७८, शुक्रबार १६:०८

सिधाखबर \ दैनिक ज्यालादारी गर्ने तथा सिमान्तकृत जाती चेपाङ बोटे र तामाङ जातका १२० परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । शुक्रबार मनहरी गाउँपालिका वडा नम्बर ६ सुनाचुरी, डिपाड नयाँबस्तीमा १२० परिवारलाई इस्थर बेन्जामिन स्मृति संस्था मकवानपुरले खाद्यान्न सहयोग गरेको हो ।

No description available.

कोरोना महामारीबाट प्रभावित परिवारका लागि केहि सहज होस भन्ने हेतुले चामल, नुन, चना, तेल साबुन लगायतको सामाग्री सहयोग गरिएको इस्थर बेन्जामिन स्मृति संस्थाका कार्यक्रम व्यवस्थापन प्रमुख बुद्धवीर लामाले बताए । डिपाडमा रहेको जनजाती उत्थान प्रावि परिसरमा ४० परिवारलाई र राष्ट्रिय माध्यामिक विद्यालय सुनाचुरीमा ८० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको वितरण कार्यक्रम संयोजक हरि बहादुर लोप्चनले बताए ।

No description available.

कार्यक्रममा विद्यालयका अध्यक्ष भक्त बहादुर प्रजा, समाजसेवी नारायण श्रेष्ठ, बाबुराम थिङ, कमल थिङ, स्मृति संस्थाका सानुकान्छा लामा, दिनेश हुमागाई तथा सञ्चारकर्मीको उपस्थिती रहेको थियो । संस्थाले यस अघि खैराङमा चेपाङ तथा तामाङ परिवार र हेटौंडामा विभिन्न श्रमिकहरुलाई खाद्यान्न सहयोग गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*