गैरआवासीय नेपाली सघं साईप्रसको नवौ अधिवेशन जुलाई १८ मा हुने

संवाददाता
२६ जेष्ठ २०७८, बुधबार १८:२६

युरोप / गैर आवासीय नेपाली संघ साईप्रसको नवौ राष्टिय अधिवेशन जुलाई १८ तारिख आईतवार हुने भएको छ । सघंका पदाधिकारीहरुको निकोसियामा बसेको बैठकले सर्बसम्मतले निर्णय गरेको हो ।

सघंका उपाध्यक्ष अन्तेश राउतको अध्यक्षतामा बसेको बैठकले यसपालिको एनआरएनए सदस्यता एमआईएस अनलाईन सिस्टमबाट गत मई २१ तारिख देखि नै खुलाईएको सघंका प्रवक्ता दिनेश गौतमले जानकारी दिनुभयो । प्रवक्ता गौतमका अनुसार मई २१ देखि जुन २१ को दिन अन्तिम हुने र थप सात दिन म्याद थपेर जुन २७ सम्म सदस्यता खुल्ला अन्तीम हुने ,जुन २८ देखि ३० सम्म नामावली प्रकासन , सच्चयाउने , जुलाई २ तारिख देखि १२ सम्म उम्मेदवारी दर्ता , जुलाई १३ देखि १५ सम्म दाबी विरोध , १६ तारिखको दिन उम्मेदवारहरुको नामावली प्रकासन र १८ तारिख अधिवेशन गर्ने बैठकले निर्णय गरेको जानकारी दिनुभयो । साथै बैठकले अगामी निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन प्रमुखका रूपमा सुरेश कुमार साहलाई  सर्बसम्मत चयन गरेको छ। एनआरएनएको साधारण सदस्य बन्नका लागि गैरआवासीय नेपाली सघंको केन्द्रिय विधान बमोजिम एमआईएस प्रणाली मार्फत फारम भर्न साईप्रसमा रहेका नेपाली समुदायहरुलाई सघंले अनुरोध गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*