क्याम्पाडाँडा चौरमा रंगशाला निर्माण सुरु

हेटौंडा \ हेटौंडा उपमहानगरपालिका –५ नम्बर क्याम्पाडाँडामा रहेको क्याम्पाडाँडा खेल मैदानमा रंगशाला निर्माणकार्यको थालनी सुरु भएको छ । रंगशालाको उपमहानगरका मेयर हरि बहादुर महतले आज आइतबार शिलान्यास गरेका छन् । पिप्ले युवा क्लवको अगुवाई र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा रंगशाला निर्माण सुरु भएको हो । रंगशाला निर्माणका लागि उपमहानगरले सक्दो सहयोग गर्ने मेयर महतले बताए । ।
प्रदेश राजधानी हेटौंडामा यो रंगशाला निर्माण हुन लागेकाले यहाँ नमुना खेल मैदान निर्माण गरिने बताए । दुइ करोड रुपैयाँ भन्दा धेरै लगानीमा रंगशाला निर्माण गर्न लागिएको हो । यही चौरमा अरु खेलकुद पनि गर्न सकिनेगरी काम अगाडी बढेको छ । हेटौंडाकै नमुना खेलमैदान निर्माणका लागि उपमहानगरले रकम सहयोग गर्ने मेयर महतले बताए ।
पिप्ले युवा क्लवको अगुवाईमा क्याम्पाडाँडाको खेल मैदानलाई व्यवस्थित गर्दै रंगशाला निर्माण थालनी गरिएको हो । प्रदेशको राजधानी हेटौंडामा व्यवस्थित खेल मैदान जरुरी रहेको ले पिप्ले युवा क्लव र अध्यक्ष सुशील घिमिरेको अगुवाईमा काम भइरहेको छ ।
कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष राजेश बानियाँ, क्लबका अध्यक्ष शुशिल घिमीरे लगाएतकाको सहभागिता रहेको थियो । -जनपत्र